अब भोलिबाट सार्वजनिक यातायात चल्छ : मन्त्री दाहाल

२०८२ जेष्ठ २०, मंगलवार

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भोलिबाट सार्वजनिक यातायात सञ्चालन हुने बताएका छन् ।

उनले भने, ‘प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेको छ । अब यातायात व्यवसायीले भोलिबाट सार्वजनिक यातायात संचालन गर्ने छन् । हिजो नै सहमति भएपनी प्रदेश सरकारले बनाएको नियमावली के हुन्छ भन्ने तर्क व्यवसायीको थियो ।’

प्रदेश सरकारले फिर्ता लिएपछि अब भोलिबाट व्यवसायीले सार्वजनिक यातायात संचालन गर्ने छन् । आज छलफल भए पनि सहमति हिजो नै भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार