मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ

२०८२ जेष्ठ २०, मंगलवार

सिरहा : मुद्दा मिलाइदिन्छु भनी ठगी गरेको आरोप सिरहाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका वडा नम्बर गौरीपुर निवासी प्रमोद महतो रहेका छन् ।

सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै रकम ठगी गरेको आरोपमा उनलाई समातिएको सिरहा प्रहरी कार्यालयले जनाएको छ । उनलाई १ लाख रुपैयाँसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताए । सिरहा नगरपालिका–१६ माडर बस्ने ४८ वर्षीया रानीदेवी यादवसँग महतोले सवारी ज्यानसम्बन्धी मुद्दा मिलाउन आफूसँग १ लाख ७० हजार मागेको आरोप लगाएकी छन् ।

महतोले ‘प्रहरीसँग मिलेर मुद्दा मिलाइदिन्छु’ भनी ठगी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । महतोमाथि अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार