ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु

२०८२ जेष्ठ २१, बुधबार

काठमाडौँ : सर्लाहीमा भएका सवारी दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको छ।

बागमती नगरपालिका-८ सोल्टीमा मंगलबार साँझ ना.२ त २८७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँका सागर विष्टकी छोरी चार वर्षीया प्रनिसा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सडक पार गर्न खोज्दा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि अभिभावकले सुरुमा दयन्ती अस्पताल नयाँरोड पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचार गरी थप उपचारका लागि बयोधा अस्पताल वीरगन्ज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा हुन्।

दुर्घटनापछि प्रहरीले ट्याक्टर चालक  बागमती १० निवासी तेजबहादुर रिजालका छोरा १८ वर्षीय मन्जित रिजाललाई प्रहरीले पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार