एकल महिलालाई आत्मनिर्भर बनाउन मौरीसहित घार वितरण

२०८२ जेष्ठ २१, बुधबार

बागलुङ : तमानखोला गाउँपालिकाले २२ एकल महिलालाई मौरीसहित घार वितरण गरेको छ। पालिकाले तीन लाखमा घार खरिद गरेर वितरण गरेको हो।

एकल महिलालाई व्यवसायमार्फत आत्मनिर्भर बनाउन सीप सिकाएर मौरी र घार दिइएको गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले बताइन्। अनुदान र प्राविधिक सहयोग पनि दिइरहेको उनको भनाइ छ।

तमानखोला क्षेत्र मौरीपालनका लागि उपयुक्त भएकाले पहिलो चरणमा एक–एक घार दिइएको र व्यावसायिक रूपमा काम गरे थप सहयोग गर्ने उनले बताइन्।

‘एकल महिलालाई यो वर्ष सीप सिकाएर व्यवसायसँग जोडौँ भन्ने हिसाबले मौरीपालनसम्बन्धी तालिम र मौरीसहित घार पनि उपलब्ध गराएका छौँ,’ उपाध्यक्ष छन्त्यालले भनिन्।

तमानखोला–६ की जसदेवी छन्त्यालले मौरीपालनबाट परिवार चलाउने र छोराछोरीको पढाइ खर्च जुटाउने योजना सुनाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार