राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

२०८२ जेष्ठ २२, बिहीबार

काठमाडौं : नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् ।

गभर्नर डा. विश्व पौडेलले पण्डितलाई जेठ २१ गतेदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । उनी भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक हुन् ।

२०६२ सालमा नेपाल राष्ट्र बैङ्कमा सेवा प्रवेश गरेका पण्डित यसअघि नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार