रोकेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा २४ वर्षीय युवकको मृत्यु, २ युवक घाइते

२०८२ जेष्ठ २२, बिहीबार

कञ्चनपुर : कैलालीमा बिग्रिएर सडक छेउमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

बिहीबार बिहान घोडाघोडी नगरपालिका- १ सुखड भालुफटामस्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको से ६ प ४४३६ नम्बरको मोटरसाइकल सु.प.प्र ०१-००२ त ५१५८ नम्बरको ट्याक्टरसँग ठोक्किएको हो।

प्रहरीका अनुसार बिग्रेर सडकको बाँयातर्फ रोकि राखेको इन्जिन नभएको ट्रलीमा ठोक्किएर घाइते भएका मोटरसाइकल पछाडी सवार घोडाघोडी नगरपालिका- २ का २४ वर्षीय राधेश्याम चौधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका ३ का २१ वर्षीय शंकर चौधरी र मोटरसाइकलमै सवार घोडाघोडी नगरपालिका- २ का २२ वर्षीय अर्जुन चौधरी घाइते भएका छन्। घाइते चालकको मायामेट्रो अस्पताल धनगढी र अर्का घाइतेको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार