
काठमाडौं : ‘ऊनको स्वीटर’ घरेलु बक्सअफिसमा १० करोड क्लबमा प्रवेश गरेको छ ।
बुधबार दिउँसो १ बजेसम्म यो फिल्मले सरकारको आधिकारिक बक्सअफिसमा ९ करोड ९४ लाख ९७ हजार ५२२ रुपैयाँ ग्रस कमाइ गरेको छ । रात्रीकालिन शो र अकुपेन्सीको ट्रेन्ड हेर्दा यो फिल्मले बुधबार रातीसम्म देशब्यापी १० करोडको आँकडा छुने पक्कापक्की छ ।
यसअघि १० करोड क्लबमा प्रवेश गर्ने फिल्म थियो- बोक्सीको घर । केकी अधिकारी स्टारर फिल्मको लाइफटाइम कलेक्सन नै १० करोड २ लाख थियो । यो सप्ताहन्तमा ‘ऊनको स्वीटर’ले ‘बोक्सीको घर’को कूल कमाइलाई समेत उछिन्ने प्रक्षेपण छ ।
विपिन कार्की र मिरुना मगर स्टारर फिल्मले मिलन चाम्स निर्देशित ‘अञ्जिला’लाई उछिनेको छ । बुधबार दिउँसो १ बजेसम्म ‘अञ्जिला’को कूल कमाइ ८ करोड ८२ लाख रुपैयाँ ग्रस छ ।