‘भिजिट भिसामा’ गीत एकाएक चर्चामा

२०८२ जेष्ठ २०, मंगलवार

काठमाडौं : घरेलु राजनीतिमा यतिबेला ‘भिजिट भिसा’ प्रकरण चर्किएको छ । यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालय नै संलग्न रहेको बताउँदै विपक्षीले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध जारी राखेका छन् ।

यस्तोमा, ६ वर्षअघि युट्युबमा रिलिज भएको हरिवंश आचार्य अभिनित गीत ‘भिजिट भिसामा’ एकाएक चर्चामा आएको छ । फिल्म ‘दाल भात तरकारी’मा समावेश यो गीतमा हरिवंशसहित निरुता सिंह लगायतले अभिनय गरेका छन् ।

राजनीतिमा भिजिट भिसाको मामिला चर्किएपछि अहिले यो गीतमा टिकटक र रिल्स बनाउनेको संख्या पनि बढेको छ । धेरैले यो गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् । यो गीतलाई राजनीतिक मुद्दासँग जोडेर भाइरल बनाइएको छ ।

जसले गर्दा, युट्युबमा यो गीतको भ्यूज पनि ह्वात्तै बढेको छ । यसैसाता मात्र यो गीतको भ्यूज ४ करोड ९ लाख नाघेको छ । भिजिट भिसा प्रकरण चर्किएसँगै यसको प्रभाव गीतको भ्यूजमा देखिन्छ । जसले गर्दा भ्यूज संख्या नै ४ करोड नाघेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार