काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सांसद पदबाट स्वत:निलम्बित भएका छन्। उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वतः निलम्बित भएका हुन्।
कार्भेस्थित पतञ्जली योगलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टपट्टा गर्न दिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज (बिहीबार) विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको हो।





