काठमाडौँ : फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डा.केशब श्रेष्ठ सकुशल भेटिएका छन्। श्रेष्ठ काठमाडौंको बालाजुमा सकुशल भेटिएकाे जिल्ला प्रहरी परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए।
सोमबार बिहान फेसबुकमा लामो स्टाटससहित ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका थिए। फेसबुकमा लेखिएको स्टाटसबारे थाहा पाएपछि प्रहरीले तत्कालै डा. श्रेष्ठलाई सम्पर्क गर्ने प्रयास गरेको थियो। उनी बेपत्ता भएको खबर पाएपछि प्रहरीले उनको खोजी गरेको थियो।





