काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार सुधार आएको छ । नेप्से सोमबार २.८० अंकले बढेर २६५८.६६ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । तीन महिलायताकै उच्च कारोबार हुने क्रममा सोमबार कूल १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँ बराबरको एक लाख ५ हजार ६३५ कारोबारबाट ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
होटल समूहमा उत्साहजनक सुधार हुँदा फाइनान्स र हाइड्रो समूहमा पनि सुधार देखिएको छ । कारोबारमा आएका कम्पनीमध्ये १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ वटै कम्पनीको शेयर मूल्य घटेको छ ।
करोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सानिमा माइ हाइड्रोपावर कम्पनीको ९५ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। ङादी ग्रुप पावरको करिब साढे ९० करोड र बुटवल पावर कम्पनीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।





