धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न आदेश

२०८२ असार २, सोमबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश भएको छ ।

न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले उनलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । जबरा सोमबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार