मुम्बई आउँदै गरेको एयर इन्डियाको विमानको इन्जिनमा समस्या

२०८२ असार ३, मंगलवार

काठमाडौँ : सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको एयर इन्डियाको उडानमा प्राविधिक समस्या आएपछि मंगलबार बिहान कोलकाता विमानस्थलमा यात्रुहरूलाई ओराल्नु परेको थियो।

उडान नम्बर एआई१८० कोलकाता हुँदै मुम्बई जाँदै थियो। बोइङ ७७७-२०० एलआर (वर्ल्डलाइनर) विमान जुन १७ मा बिहान १२:४५ बजे समयमै कोलकाता आइपुग्यो। यो बिहान २:०० बजे मुम्बईको लागि प्रस्थान गर्ने तालिका थियो।

विमानको बायाँ इन्जिनमा प्राविधिक गडबडीका कारण उडान ढिलो भएको थियो। यसपछि बिहान ५:२० बजेतिर क्याप्टेनले यात्रुहरूलाई विमानबाट ओर्लन भने। उनले उडान सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार