रौतहटमा एकीकृत समाजवादी र नेकपा एमालेका सय भन्दा बढी कार्यकर्ताले गरे कांग्रेसमा प्रवेश

२०८२ असार ३, मंगलवार

रौतहट : रौतहटमा एकीकृत समाजवादी र नेकपा एमालेका सय भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । म‌ंगलबार जिल्लाको माधवनारायण नगरपालिका–५ मिठुअवामा आयोजित कार्यक्रममा कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्दै पार्टी सदस्यता प्रदान गरे ।

कांग्रेसमा प्रवेश गर्नेहरूमा कटहरिया प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिन्द सहनी, जय प्रकाश सहनी, गोपाल सहनी, रामएकवाल सहनीलगायतका नेता कार्यकर्ता रहेका कांग्रेस मधेस प्रदेशका प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

माधवनारायण नगरपालिकाको ५ नम्बर वडाअध्यक्ष एकीकृत समाजवादीले जितेको छ । त्यहाँ राजेन्द्र सहनीले वडाध्यक्ष जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार