धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप

२०८२ असार ३, मंगलवार

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेरयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ ।

उपमहानगरपालिका कार्यालय बाहिर समर्थकहरू झडपमा उत्रिएका हुन् । प्रहरीले स्थिति नियन्त्रणमा लिइरहेको छ । दुई पक्षबीच विवाद भएर झडपको अवस्था सिर्जना भएपछि प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

सोमबार मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि पुगेका बेघालाई उनका सामर्थकले हातपात गर्न खोजेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार