प्रतिनिधिसभा बैठक बलजफ्ती सञ्चालन नगरौं : नारायणकाजी श्रेष्ठ

२०८२ असार ४, बुधबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार र सभामुखबाट रास्वपाको अवरोधका बाबजुद प्रतिनिधि सभाको बैठक बलजफ्ती सञ्चालन नगर्न आग्रह गरेका छन्। उनले सबै प्रतिपक्षलाई विश्वासमा लिई सदन सुचारु गर्न सरकार र सभामुखलाई ध्यानाकर्षण गराएका हुन्।

‘सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरूको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोसिस भइरहेको छ,’ उनले भनेका छन्, ‘यद्यपि अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन। सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधि सभाबाट छिटो भन्दा छिटो अघि बढाउन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार