काठमाडौँबाट सोलुखुम्बु जाँदै गरेको बस ओखलढुङ्गामा दुर्घटना

२०८२ असार ४, बुधबार

विराटनगर : काठमाडौँबाट सोलुखुम्बु तर्फ जाँदै गरेको यात्रु बाहक बस आज दिउँसो १ बजे ओखलढुङ्गामा दुर्घटना भएको छ। सिद्धिचरण नगरपालिका वडा नम्बर ८ बजरङ्गे गाउँस्थित सेतीदेवी मन्दिर नजिकै बस दुर्घटना भएको हो। बाग्मती प्रदेश०१–००६ ख ५५८१ नम्बरको बस करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर ४ जना घाइते भएको प्रहरीले जनाएको छ।  निरन्तरको वर्षाको कारण चिप्लिएर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रहरीको अनुमान छ।

बसमा सवारमा घाइतेहरूलाई उपचारको लागि मेडिकल पोलिक्लिनिक रमाईलोडाँडा उपचार भइरहेको र उनीहरूको अवस्था तत्काल सामान्य रहेको प्रहरीले जनाएको छ। बस चालक फरार रहेको, उक्त बस घटनास्थलबाट निकाल्ने पहल भइरहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार