काठमाडौं : कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले फिल्म निर्माण गर्ने भएका छन्। उनले आफ्नो निर्माण र निर्देशनमा फिल्म ‘गोबर गणेश’ बनाउन लागेका हुन्।
यस फिल्मलाई चलचित्र विकास बोर्डले निर्माण इजाजत दिएको छ। फिल्ममा सीतादेवी तिमल्सिना र पूजन घिमिरे देखिनेछिन्। मरिचमान आफैले अभिनय गर्नेबारे खुलेको छ।
पूजन घिमिरे ‘पुकु’को रुपमा चर्चित छन्। मरिचमानसँग उनको सिरियल सहकार्य लामो समयदेखि हुँदै आएको छ। मरिचमानकै कम्पनी बल्छी धुर्बे फिल्म्स प्रालिले निर्माण गर्ने फिल्मको बजेट २ करोड रहेको छ।





