काठमाडौं : मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ।
असार ४ गते राति १० बजे भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो। भण्डारीले मितेरी सहकारीको तीन करोड ४४ लाख र ज्याेति गुरुङले ६ करोडभन्दा बढी अपचलन गरेको आराेप छ।
ललितपुरको महालक्ष्मीस्थित मितेरी सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडको १४ करोड ८१ लाख रुपैयाँ हिनामिनामा उनको समेत संलग्नता रहेको प्रहरीको दाबी छ। सोही आरोपमा अनुसन्धान गर्न भण्डारीलाई नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो।





