मितेरी सहकारीको रकम हिनामिना गर्ने भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

२०८२ असार ५, बिहीबार

काठमाडौं : मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ । असार ४ गते राति १० बजे भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो ।

इन्टरपोलमार्फत जारी गरिएको रेड कर्नर नोटिसका आधारमा उनलाई कम्बोडिया प्रहरीले पक्राउ गरेको थियो । उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो ।ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलन सम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार