रास्वपाको केन्द्रीय विभागहरूमा जिम्मेवारी हेरफेर

२०८२ असार ५, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर गरेको छ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिएको हो। उक्त विभागको उपप्रमुख सन्तोष परियार तोकिएका छन्। त्यस्तै कृषि विभाग प्रमुखको जिम्मेवारी चितवनका राजन गौतमलाई दिइएको छ।

पार्टीको ऊर्जा तथा जलस्रोत विभाग  संयोजकको जिम्मेवारी  श्रीराम न्यौपानेलाई दिइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार