काठमाडौं : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीलाई आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोबोर्ड (सेबोन)ले अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई असार ५ गते अनुमति प्रदान गरेको हो । बोर्डले अनुमति प्रदान गरेसँगै लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।





