नेदरल्यान्ड्सले नेपाललाई दियो १ सय ७५ रनको लक्ष्य

२०८२ असार ५, बिहीबार

काठमाडौं : स्कटल्यान्डमा जारी टी–२० आई त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले जितका लागि नेपालसामु १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

स्कटल्यान्डको टिटवुड ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रनको योगफल तयार पारेको हो। सुरुवातबाट नै दबाबमा परेको डच टोली एक समय ६ ओभरमा ४–४५ को अवस्थामा थियो। पाचौँ विकेटका लागि माइकल लेविट र सकिव जुल्फिकरले ६३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ्स उकासेका थिए।

स्कटल्यान्डमा जारी टी–२० आई त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले जितका लागि नेपालसामु १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।स्कटल्यान्डको टिटवुड ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रनको योगफल तयार पारेको हो।

सुरुवातबाट नै दबाबमा परेको डच टोली एक समय ६ ओभरमा ४–४५ को अवस्थामा थियो। पाचौँ विकेटका लागि माइकल लेविट र सकिव जुल्फिकरले ६३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ्स उकासेका थिए।

नेपालका लागि करण केसीले दुई विकेट लिए। ललित राजवंशी, दिपेन्द्र सिंह ऐरि, रुपेश सिंह र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार