काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद दिपक गिरीले अहिलेको नयाँ बजेटले नेपाली जनतालाई नदेखेको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले बजेट विकास र लगानी केही पनि मैत्री नभएको आरोप लगाएका हुन् ।
उनले भने,‘यो २०८२/०८३ को बजेटले नेपाली जनतालाई देखेन । न त यो विकासमैत्री भयो, न लगानीमैत्री भयो । न त सरकारपक्षीय सांसदमैत्रीय भयो । यो केवल भयो सत्ताधारीमैत्री ।’ उनले अहिलेको बजेट प्रधानमन्त्री र मन्त्रीहरुमैत्री मात्र भएको आरोप लगाए । झापाको एउटै निर्वाचन क्षेत्रमा पर्यटन मन्त्रालयअन्तर्गत १२ वटा कार्यक्रममा तीन करोडको दरले बजेट हालिएको विषय पनि उनले उठाए । उनले कार्यक्रमको नामसमेत वाचन गरेका थिए ।





