काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेका छन्।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार महासचिव चन्दले शुक्रबार (आज) छुट्टाछुट्टै समयमा सिंह र भट्टराईलाई भेटेका हुन्। चन्द उनीहरूलाई भेट्न उनीहरूकै निवास पुगेका थिए।
भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रवक्ता विश्वकर्माले जानकारी दिए। चन्दले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकतामा ढिलाइ भइरहेको बताउने गरेका छन्। आफूहरू तयार रहे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै कारण एकतामा ढिलाइ भइरहेको बताउने गरेका छन्।





