काठमाडौं : ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोक्कालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले आज शुक्रबार रोक्कालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । उनी ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो ।
उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ। राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।





