सुनको मूल्य सातामा २८०० घट्यो

२०८२ असार ७, शनिबार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ९७ हजार ५ सय रूपैयाँ कायम भएको थियो। सोमबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहि १ लाख ९७ हजार ५ सय रूपैयाँनै कायम भएको थियो।

मंगलबार छापावाल सुनको मूल्य २ हजार ५ सय रूपैयाँले घटेर १ लाख ९५ हजार रूपैयाँ कायम भएको थियो। बुधबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले बढेर १ लाख ९५ हजार ९ सय रूपैयाँ कायम भएको थियो।

बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रूपैयाँ कायम भएकोमा फेरि शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेर १ लाख ९४ हजार ७ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा २८०० रुपैयाँले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1

ताजा समाचार