भारतमा बन्धक बनाइएका ३५ नेपाली युवाको उद्धार

२०८२ असार ७, शनिबार

काठमाडौँ : नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीहरूको उद्धार गरेको छ ।

आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्‍याई बन्धक बनाइएका ३५ नेपालीहरूको दूतावासले उद्धार गरेको हो ।दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको जनाएको छ ।

उत्तराखण्ड पुर्‍याइएका युवाहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम समेत असुल गरेको आरोपमा केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको समेत दूतावासले जनाएको छ ।

509612839_661775546896370_3019485443008830634_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार