‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने

२०८२ असार ८, आईतवार

काठमाडौँ : ऋषि लामिछाने निर्देशित चलचित्र ‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले शुक्रबार चलचित्रको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो  । यस चलचित्रबाट ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दै छन् ।

निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रूपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउन खोजिएको बताए ।आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । यो फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।

आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा र बाबुल गिरीको सङ्गीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार