काठमाडौं : काठमाडौंको चन्द्रागिरिस्थित गोदामचोकमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन्। शनिबार राति १० बजेतिर चन्द्रागिरि नगरपालिका-४ गोदामचोकमा बस्ने ४६ वर्षीय सुकबहादुर लामामाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।
सुकबहादुरमाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय महेश्वर लामालाई पक्राउ गरेको छ। उनीहरू दुई जनाबीच झगडा भएको थियो। त्यही बेला महेश्वरले सुकबहादुरमाथि चक्कु प्रहार गरेको एसपी बोहराले बताए।





