काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ९५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ५० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर २ हजार १ सय ६० रूपैयाँ कायम भएको छ ।





