संसद् भवनको क्यान्टिनमा लडेर एक जना घाइते

२०८२ असार ८, आईतवार

काठमाडौँ : संघीय संसद् भवन नयाँ बानेश्वर स्थित क्यान्टिनमा काम गर्ने कामदार लडेर घाइते भएका छन् । आइतबार क्यान्टिन मर्मतको क्रममा एक जना कामदार क्यान्टिनमाथिको छतबाट खसेर घाइते भएका हुन् ।

लडेर घाइते भएका कामदारलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ । प्रहरी वृत्त बानेश्वरका एकजना अधिकृतका अनुसार उनी फल्स सिलिङ भाँचिएर लडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार