काठमाडौं : बाजुराको गौमुल गाउँपालिका वडा न. तिनको गेरेनी खोलामा आएको बढीले बगाउँदा आइतबार दिउँसो एकजना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायव उपरीक्षक एकवाल हवारीका अनुसार गेरनी खोलाले बगाएर बेपत्ता हुनेमा गौमुल गाउँपालका वडा नं तिनका ४५ वर्षे वडा नं तिनका पूर्व वडाध्यक्ष धनलाल बोहरा बेपत्ता भएका हुन् । गेरेनी खोलामा घट्टको पत्थर (जाँतो) तार्ने क्रममा एक्कासि बर्षातका कारण खोलामा आएको बाढीले बगाई बेपता भएको बताइएको छ ।
बेपत्ता बोहोरासंगै घट्टको पाथर ( जाँतो ) निकाल्ने क्रममा उनीसंगै रहेका तिनजना पनि बगाएको र उनीहरुलाई सकुसल उद्धार गरेको स्थानीय गणेशवहादुर थापाले बताए। निरन्तर वर्षका कारण एक्कासि खोलो बढेपछि खोलो तर्नेक्रममा चारै जना बगेका थिए । तिनजना सकुसल छन् थापाले भने ।
इलाका प्रहरी कार्यालय. गौमुलस्थित घटमुनाबाट तत्काल चार जनाको टोली खटी गई स्थानीय र प्रहरीको सहयोगमा खोज तलास कार्य भइरहेको प्रनाउ हवारीले बताए ।





