बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ह्विप

२०८२ असार ९, सोमबार

काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेसले भोलिको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ ।

प्रमुख सचेतक श्यामकुमार घिमिरेले असार १० गते बस्ने बैठकमा विनियोजन विधेयक २०८२ निर्णयार्थ प्रस्तुत हुने भएकाले अनिवार्य उपस्थित हुन र तटस्थ नरहन ह्विप जारी गरेका हुन् ।

घिमिरेले विनियोजन विधेयक २०८२ को पक्षमा मतदान गर्न पनि निर्देशन ह्विपमार्फत दिएका छन् ।

510445503_1087687746585476_8065059649945763233_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार