काठमाडौं : सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ ।
प्रतिनिधि सभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची छ । सोही कार्यसूचीलाई मध्यनजर गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘असार १० गते को बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको छ ।’






