ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलका सेवाहरुमा छुट

२०८२ असार ९, सोमबार

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै आइएमई हस्पिटालिटी तथा इला होटल एण्ड रिसोर्टसँग सहकार्य गर्दै १५ प्रतिशतसम्मको छुट सुविधा प्रदान गर्ने सम्झौता गरेको छ।

सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक, साथै मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटीद्वारा सञ्चालित होटल तथा रिसोर्टमा सेवा उपयोग गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। साथै, गैंडाकोटको मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट समेत लागू हुनेछ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन्। आइएमई समूहको लगानीमा सञ्चालित होटल ले हिमालय (लाजिम्पाट), साके एण्ड फेङ रेस्टुरेन्ट (लाजिम्पाट), इला कम्फर्ट (बागलुङ), इला होटल एण्ड रिसोर्ट मौलाकाली (गैंडाकोट), र लेकसाइट रिट्रीट (पोखरा) लगायतका होटल तथा रिसोर्टहरू आन्तरिक तथा विदेशी पर्यटकबीच लोकप्रिय छन्।

बैंकले ग्राहक सेवा सुदृढीकरणका लागि समय–सापेक्ष योजना ल्याउँदै आएको छ। यसै क्रममा यो छुट योजना थपिएको हो। बैंकले ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मान पाइसकेको छ।

देशभरका ७७ वटै जिल्लामा सेवा विस्तार गरेको बैंकले ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ, ६८ एक्सटेन्सन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार भन्दा बढी सेवा केन्द्रहरूबाट सेवा दिँदै आएको छ।

बैंकले रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ, जसअन्तर्गत अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, जापान, साउदी अरब, कतार, यूएई, कुवेत, भारतलगायत देशहरूबाट रकम भित्र्याइँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार