सुनको मूल्यमा भारी गिरावट

२०८२ असार १०, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले घटेर १ लाख ९३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ७० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर २ हजार १ सय ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार