काठमाडौं : महोत्तरीमा मोटर साइकलको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ।
जिल्लाको मनरा शिसवा नगरपालिका-१ स्थित कटैयाबाट मनरातर्फ जाँदै गरेको बीआर ३० एल ९६४३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ बस्ने ३५ वर्षीय धनेश ठाकुरको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ भने मोटरसाइकल चालकलाई थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।





