काठमाडौँ : सरकारले दुईपांग्रेमा युरो ५ र चारपांग्रेमा युरो ६ प्रदूषण मापदण्ड लागू गरेको छ।
वन तथा वातावरण मन्त्रालयले साेमबार राजपत्रमा सूचना प्रकाशित गर्दै युरो ३ को व्यवस्थालाई संशोधन गरेको हो। ‘दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे लघु सवारीसाधनको हकमा युरो ५ र कम्तीमा चारपांग्रा भएका सवारीसाधनको हकमा युरो ६ मापदण्ड बमोजिमको प्रदूषण परीक्षण मान्य हुनेछ।’
सरकारले नीति तथा कार्यक्रममा आगामी वर्षबाट युरो ६ मापदण्ड लागू गर्ने बताएको थियो। मन्त्रिपरिषद्मा युरो ६ मापदण्डको प्रस्ताव पुगे पनि विभिन्न कारण देखाउँदै फिर्ता आएको थियो।





