प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

२०८२ असार १०, मंगलवार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

बैठकमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल र वरिष्ठ नेता वेदुराम भुसाल सहभागी थिए ।

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वेदुराम भुसालले भने, ‘दुई दलका नेताहरूले आज समसामयिक राजनीतिक घटनाक्रम, संसद्‌मा विचाराधीन विधेयक, बजेटलगायतका विषयमा छलफल गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार