रास्वपाको तमासा जारी छ : पूर्ण बस्नेत

२०८२ असार ११, बुधबार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीको तमासा जारी रहेको बताएका छन् ।

बस्नेतले भिजिट भिसाको प्रकरण छानबिन समिति बन्नुपर्छ भन्ने रास्वपाले छानबिन समिति बनिसकेपछि छानबिन गर्ने व्यक्ति ठीक भएन भनेर तमासालाई जारी राखेको टिप्पणी गरेका हुन् ।

बस्नेतले भनेका छन् ‘यहाँ रास्वपाले चुनेका मान्छेलाई छानबिन गर्न दियो भने रास्वपाका मान्छेले सर्लक्क क्लिन चिट पाउँछन् । कांग्रेस कम्युनिष्टले छानबिनको नेतृत्व गर्ने मौका पाए भने कांग्रेस कम्युनिष्टहरु गंगाजल जस्तो पवित्र बनाइन्छन्  । यहाँ सामान्य नागरिक त तठस्थ, निष्पक्ष र स्वतन्त्र भेट्न मुस्किल छ भने कुन चाही पार्टीको प्रतिनिधिको नेतृत्वमा बनेको भ्रष्टाचार, काण्ड, घोटाला वा प्रकरणको छानबिन प्रतिवेदन चाहीँ निष्पक्ष र सर्वस्विकार्य हुन्छ ?’

जुन देशमा न्यायालयका फैसलामाथि समेत गम्भीर प्रश्न उठ्ने गर्छ । जहाँ राज्यका संरचनाहरु पंगु बनाइएका छन्, त्यहाँ हुने भनेको यस्तै हो । यी सबै परिस्थिति बन्नुमा रास्वपा पनि जिम्मेवार छ । रास्वपाको तमासाले ठीक पार्न सक्ने अवस्था छैन, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार