तोलामा १५ सयले घट्यो सुनको मूल्य

२०८२ असार ११, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १५ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ५ सय रूपैयाँले घटेर १ लाख ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ६० रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर २ हजार १ सय ४० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार