स्याङ्जामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ असार ११, बुधबार

काठमाडौँ : स्याङ्जामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। जिल्लाको चापाकोट नगरपालिका-८ धार्केघाटस्थित सडकमा हिलामर्‍याङबाट दामाचौरतर्फ आउँदै गरेको ग१ त ६१६७ नम्बरको ट्रयाक्टर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक काभ्रे घर भएका ३२ वर्षीय सागर लिम्बूको ज्यान गएको हो।

मंगलबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार