काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशमशेर जबराले बुधबार भारतको मुम्बई जान लागेको जानकारी दिएका छन्। फेसबुकमा स्टाटस राख्दै आफू नियमित स्वास्थ्य परीक्षणका लागि मुम्बई जान लागेको लेखेका छन्।
‘म केहि दिनका लागि नियमित स्वास्थ्य फलोअपको सिलसिलामा आज भारत (मुम्बई) प्रस्थान गर्दैछु,’ राणाले लेखेका छन्, ‘यस अवधिमा आवश्यक सम्पर्कका लागि मेरो वाट्सएप नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।’ राणा क्यान्सरपीडित बिरामी हुन्। उनको मुम्बईमा उपचार भइरहेको छ।
पछिल्लो समय चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनापटि प्रहरीले राणालाई पक्राउ गरेर हिरासतमा राखेको थियो। क्यान्सरपीडित भएकाले फलोअपमा जानुपर्ने भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको थियो। अहिले उनीमाथि प्रहरीले मुद्दा पनि चलाएको छ। जिल्ला अदालतले मुद्दाको पुर्पक्षका क्रममा उनलाई धरौटीमा छाडेको छ।





