एमाले आधुनिक नेपाल निर्माणको नायक हो ,ग्यास र फलाम खानी पत्ता लगायौं : शंकर पोखरेल

२०८२ असार १३, शुक्रबार

काठमाडौं : प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनता र युवाको भविष्यका लागि एमालेले विगतका कुनै पनि शासकले कल्पनासमेत नगरेको काम गरेर देखाएको दाबी गरेका छन् ।

हिजो (बिहीबार) पार्टीको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले देश बनाउन सक्छ भन्ने सन्देश दिएको बताएका हुन् । उनले भने,‘देश बनाउन सक्छ एमालेले भन्ने सन्देशलाई हामीले पुष्टि गरेका छौँ, एमाले कुरा मात्र होइन, कामद्वारा आफूलाई प्रमाणित गर्दछ, विगतका शासकको दिमागमा नचढ्ने काम हामीले गर्न सफल भएका छौँ ।’

एमालेको नेतृत्वमा रहेको सरकारद्वारा ग्यास, फलामजस्ता खानीको पहिचान, पूर्वाधार निर्माणको थालनी र दिगो आर्थिक रूपान्तरणको खाका कोरेर नयाँ युगको सुरुआत गरेको उनको भनाई थियो । उनले एमाले आधुनिक राष्ट्र निर्माणको नायक रहेको दाबी गरे ।

उनले विगतमा एमाले नेतृत्वमा भएका सरकारहरूकै पालामा राष्ट्रिय पहिचान, स्वाधीनता, उत्पादनशीलता र आधुनिक पूर्वाधार विकासका अभियान चलेको पनि स्मरण गराए । उनले भने,‘ग्यास र फलाम खानी पत्ता लगाउनेदेखि लिएर राष्ट्रिय गौरवका आयोजनाहरूको जग हामीले राखेका हौँ । योजना त केवल खाका हो, हामीले त तिनलाई क्रियान्वयनमा पुर्याउने आँट गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार