काठमाडौं : नेपाली सेनाको उपरथीमा बढुवा भएका गौरव कुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
शुक्रबार प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतीसँगै उपरथी केसी पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन्। यसअघि नै सैनिक प्रवक्ताबाट सरुवा भएका केसी निमित्त पृतनापति थिए।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।










