काठमाडौं : माध्यमिक शिक्षा परीक्षामा १ लाख ६७ बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन्।
आज राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ६७ हजार ५९७ अनुत्तीर्ण भएका हुन्। गत २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए।
बोर्डका अनुसार नेपाल टेलिकमको वेवसाइट तथा १६०० मा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ। त्यस्तै www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np, एनसेल एपलगायत वेवसाइटबाट नतिजा हेर्न सकिन्छ।









