एसइईमा सबैभन्दा धेरै गणित विषयमा ‘ननग्रेडेड’

२०८२ असार १३, शुक्रबार

काठमाडौं :  गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा धेरै विद्यार्थी गणितमा ननग्रेडेड भएका छन् ।

शुक्रबार साँझ सार्वजनिक भएको परीक्षाको नतिजाअनुसार, गणित विषयमा मात्रै यो वर्ष एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका हुन् । पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले समग्रमा नतिजामा सुधार आएको भएपनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुखद् भएको बताए ।

उनका अनुसार, अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न नसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार