काठमाडौं : नेकपा एकीकृत समाजवादीले पार्टी पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाललाई प्रतिशोधका आधारमा फसाउन खोजेको निष्कर्ष निकालको छ।
शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रुपमा अध्यक्षमाथि झूटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
उनले षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको उल्लेख गरे। उनले प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले अदालतबाट सफाइ पाउने विश्वास रहेको धारणा राखे।










