काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार आज (शनिबार) बिहान ९ बजे बस्ने गरी दलको बैठक बोलाइएको हो। सो बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दलको कार्यालयमा बस्ने छ। उनका अनुसार भिजिट भिसा प्रकरणमा अबको रणनीतिका बारेमा छलफल हुनेछ।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ।










